अध्यक्षको राजीनामा नमाग्ने सहमति भयो : महेश बस्नेत
ratopati.com · Sun Sep 20 08:40:15 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरेका छन् । आइतबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति भएको दाबी गरेका हुन् ।
‘एमाले फुटोस् भनेर कतिपय सदस्यले चाहेको परिस्थिति पनि छ। यी तमाम परिस्थितिलाई ध्यान दिएर कार्यदलको बलथलीको बैठक पछाडि तीन जना नेताहरूलाई हामीले आएका सबै मस्यौदा प्रस्तावहरू समेटेर एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएका थियौँ। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो’, बस्नेतले भने, ‘त्यसमा छलफल गर्न मुख्य आधार बनायौँ । त्यसका सन्दर्भमा अझ अरू केही कुराहरू व्याख्या गर्ने ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)