महेश बस्नेतको दाबी : प्रतिवेदन तयार भयो, अध्यक्षको राजीनामा नमाग्ने सहमति बन्यो
onlinekhabar.com · Sun Sep 20 08:35:33 GMT 2026

४ असोज, काठमाडौं । एमाले सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यादलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका छन् ।
भर्खरै सकिएको कार्यदलको बैठकले यस्तो सहमति गरेको उनको दाबी छ । उक्त प्रतिवेदन अब पार्टी सचिवालय बैठकमा पेस हुने र भोलिबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा लगिने सचिव महेश बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)