२० औं एसियन गेम्स २०२६ : करातेमा एरिका पदकविहीन
annapurnapost.com · Sun Sep 20 08:36:58 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्।
सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)