मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निर्यात व्यापारमा तेलको टेको : वीरगञ्ज नाकाबाट ३८ अर्बको प्रशोधित तेल निकासी

abhiyandaily.com

वीरगञ्ज । वीरगञ्ज नाकाबाट खाने तेलको निर्यात उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७७/७८ मा यो नाकाबाट भटमास र सूर्यमुखीको ३८ अर्ब रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएको छ ।

कुल २ लाख ८ हजार २०४ मेट्रिकटन (टन) प्रशोधित तेल निकासी भएको भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भिœयाएर स्वदेशका उद्योगले प्रशोधन गरी भारततर्पm निर्यात गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)