चट्टान खस्दा हुम्लाको हिल्सा–सिमकोट सडक अवरुद्ध
onlinekhabar.com · Sun Sep 20 08:41:17 GMT 2026

४ असोज, हुम्ला । कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट जोड्ने छारे खण्डमा चट्टान खस्दा सडक अवरुद्ध भएको छ । सडकमा कडा चट्टान खसेपछि कर्णाली करिडोर आउजाउ गर्न समस्या भएको हो ।
सडक अवरुद्घ भएसँगै हुम्लाबाट सुर्खेत र नेपालगन्जसम्मको यातायात ठप्प भएको सर्केगाड गाउँपालिका–२ का स्थानीय ताराबहादुर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)