बर्दियामा गुडिरहेको हाइसमा आगलागी
ratopati.com · Sun Sep 20 08:51:28 GMT 2026

बर्दिया । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित चोकमा गुडिरहेको भाडाको हाइसमा आगलागी भएको छ । कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ज ४३३ नम्बरको हाइसमा शनिबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार हाइसमा आगलागी कसरी भयो भन्नेबारे यकिन हुन सकेको छैन । घटनास्थलमा प्राविधिक टोली पुगेर आगलागीको कारणबारे जाँच गरिरहेको प्रहरीले जनाएको छ । हाइस कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)