विद्यालय हाताभित्र राजनीतिक गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन
ratopati.com · Sun Sep 20 08:53:33 GMT 2026

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका कुनै पनि विद्यालय हाताभित्र राजनीतिक दलका गतिविधि तथा कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ।
प्रशासनले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक विद्यालयका कक्षाकोठा तथा विद्यालय परिसरमा राजनीतिक दलहरूले आफ्ना दलसँग सम्बन्धित कार्यक्रमहरू गरिरहेको भनी व्यापक गुनासो आएको जनाएको छ। पठनपाठन र विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुने विद्यालयजस्ता संवेदनशील क्षेत्रमा दलगत कार्यक्रमहरू नगर्न प्रशासनले सचेत गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)