एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन
nepalnews.com · Sun Sep 20 08:51:40 GMT 2026
नागोया। आयोजक जापानले बीसौं एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ। प्रतियोगिताको उद्घाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालेकी छन्।
जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते। चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक जिते। होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र ५ किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)