बाढीपीडितलाई २४ लाख १७ हजार सहयोग
gorkhapatraonline.com · Sun Sep 20 08:51:43 GMT 2026

लमजुङको क्व्होलासोथार गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि २४ लाख १७ हजार पाँचसय ५६ रुपियाँ सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–विद्यालय कर्मचारीको तलब तथा सेवा सुविधाबाट रकम कट्टागरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार उक्त रकम सहयोग गर्न लागिएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)