‘पर्यटक निर्धक्क घुम्न पाउनु पर्छ’
dcnepal.com · Sun Dec 19 17:25:48 GMT 2021
काठमाडौं । पर्यटकीय नगरी पोखरामा घुम्न आउने पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण तयार गर्न आवश्यक पूर्वाधार र पर्यटकमैत्री वातावरण आवश्यक रहेको पोखरा पर्यटन व्यवसायीले बताएका छन् ।
पोखरा पर्यटन परिषद् र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन’ विषयक अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रमका सहभागी व्यवसायीले पर्यटकले सुरक्षालाई पहिलो प्राथमिकता दिने भएकाले भयरहित वातावरणमा हिँड्डुल गर्न वातावरणको प्रत्याभूत गराउनुपर्नेमा जोड दिएका हुन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रले विभिन्न कठिनाइको सामना गर्नु परिरहेको उल्लेख गर्दै पर्यटकका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताए। पर्यटकले घुमफिर गर्दा सुरक्षित महसुस गर्न सके मात्र पर्यटकीय गतिविधि बढ्ने भएकाले सुरक्षालाई प्राथमिकतमा राख्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)