इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
gorkhapatraonline.com · Sun Sep 20 08:59:38 GMT 2026

इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदलाई उपलब्ध गराएको पछिल्लो अनुमानअनुसार सेप्टेम्बर ३ सम्ममा युद्ध सम्बन्धी अमेरिकी सैन्य खर्च उक्त रकम पुगेको हो ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता युद्धको आर्थिक भार निरन्तर बढिरहेको छ । पछिल्लो अनुमानले केही सातामै अमेरिकी सैन्य खर्च उल्लेखनीय रूपमा बढेको देखाएको छ । यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालयले अगस्ट १ सम्ममा इरान युद्धमा ३८ अर्ब अमेरिकी डलर खर्च भइसकेको अनुमान सार्वजनिक गरेको थियो । युद्धको तीव्रता कायम रहेमा हरेक महिना करिब ३ अर्ब अमेरिकी डलर वा त्यसभन्दा बढी खर्च हुन सक्ने पनि कार्यालयले जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)