अँध्यारो सुरुङभित्रको रहस्य, असोज २३ मा हलमा आउँदै ‘टनेल २६’
kalakarmi.com · Sun Sep 20 08:55:17 GMT 2026

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म -टनेल २६ स् द कर्स बिनिथ द माउन्टेन- आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शनिवार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्मको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट फिल्मका कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुने जनाइएको छ । संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता–निर्माता संगय छेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)