सामुदायिक विद्यालयको पिउने पानी परीक्षण गर्दै काठमाडौँ महानगर
himalpress.com · Sun Sep 20 09:07:38 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीले पिउने पानी सुरक्षित भए नभएको परीक्षण गर्ने भएको छ। महानगरले विद्यालयसँगै वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पानीको समेत प्रयोगशाला परीक्षण गर्ने तयारी गरेको हो।
विद्यालयका बालबालिकालाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमूना संकलन र परीक्षण प्रक्रियाका लागि सम्बन्धित व्यक्तिलाई अभिमुखीकरण दिन थालेको छ। वडा नं. १ बाट सुरु गरिएको अभिमुखीकरण क्रमशः सबै वडाका जनप्रतिनिधि, वडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानीका उत्पादक र वितरकसम्म पुर्याइने महानगरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)