माथिल्लो हुम्लामा स्याउ पाक्न अझै केही समय लाग्ने
gorkhapatraonline.com · Sun Sep 20 09:14:20 GMT 2026

सदरमुकाम सिमकोटलगायत उत्तरी हुम्लामा स्याउ पाक्न अझै केही समय लाग्ने भएको छ । समुद्री सतहबाट दुई हजार ९४५ मिटर उचाइमा रहेको क्षेत्रमा स्याउ पाक्न अझै समय लाग्ने भएको हो ।
असोज दोस्रो हप्तासम्म माथिल्लो हुम्लाको स्याउ पाकेर टिप्न सकिने कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो । करिब तीन हजार मिटर उचाइमा रहेको कारण स्याउ पाक्न समय लाग्ने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)