पत्रकारलाई ओलीको सुझाव : प्रश्न सोध्नुअघि अनुमति लिनुहोस्,मुखमा माइक घोच्ने काम बन्द गरौँ
annapurnapost.com · Sun Sep 20 09:09:03 GMT 2026

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिसँग सोध्नुपर्ने बताए।
‘पत्रकारिताको के नियम हुन्छ भने,तपाईँसँग प्रश्न सोध्न सक्छु भनेर प्रश्न सोधिन्छ। प्रश्न सोधिसकेपछि त्यसलाई प्रकाशित गर्नुअघि प्रकाशित गरौँ भनेर सोधिन्छ,’उनले भने, ‘तपाईंहरूले बुम ल्याएर थुतुनोमा घोच्नुहुन्छ। त्यस्तो नगर्नुहोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)