बार्सिलोनाका फ्यानलाई खुसीको खबर, ब्राजिलियन स्टार राफिन्हा २०३० सम्म बार्सिलोनामै रहने सहमति !
barnanmedia.com · Sun Sep 20 09:03:27 GMT 2026
स्पेनिस क्लब बार्सिलोना र ब्राजिलियन स्टार राफिन्हाबीच सन् २०३० सम्म सम्झौता लम्ब्याउने सहमति भएको छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेका राफिन्हालाई क्लबले आफ्नो दीर्घकालीन योजनाको महत्वपूर्ण खेलाडीका रूपमा राख्ने निर्णय गरेको हो।
राफिन्हाको हालको सम्झौता सन् २०२८ सम्म रहेको छ। तर बार्सिलोना व्यवस्थापन र खेलाडी पक्षबीच भएको पछिल्लो छलफलपछि उनको बसाइ थप दुई वर्ष लम्ब्याएर २०३० सम्म पुर्याउने सहमति बनेको बताइएको छ। औपचारिक कागजी प्रक्रिया पूरा भएपछि क्लबले नयाँ सम्झौताबारे घोषणा गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)