मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल
clickmandu.com · Sun Sep 20 09:15:45 GMT 2026

काठमाडौं । जङ्गली जनावरले मकै, गहुँलगायतका अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत खेतीको विकल्प खोजे ।
अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि उनले सुरु गरेको सिल्भर डलर (युकालिप्टस) खेती अहिले उनको आम्दानीको नयाँ आधार बन्न थालेको छ। रानामगरले ३१ रोपनी क्षेत्रफलमा करिब दुई हजार सिल्भर डलरका बिरुवा लगाएका छन् । उनका अनुसार एउटा बिरुवाको मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्छ। ठूलो लगानीमा सुरु गरिएको खेतीबाट रोपेको ७ देखि ८ महिनामै उत्पादन लिन सकिने र बजारमा मागसमेत उच्च रहेकाले उनी उत्साहित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)