‘मेयर र उपमेयर हुनुमा कुनै फरकपन पाएको छैन’
news24nepal.tv · Tue May 31 16:18:46 GMT 2022
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई हलेसी तुवाचुङ नगरपालिकाको उपप्रमुख (उपमेयर) बनेकी बिमला राई अहिले नगरप्रमुख (मेयर) छन् । २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचमा मेयरका प्रत्यासी नेकपा एमालेका खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै विमलाले मेयरमा बाजी मारिन् । मेयरमा निर्वाचित भएकी विमलालाई चुनाव जित्न चानचुने थिएन । तर, यावत् परिस्थितिलाई छिचोल्दै उनी अन्ततः मेयरमा निर्वाचित भइन् ।
त्यतिबेलाको समय सम्झिने हो भने पाँच दलीय गठबन्धन गरेरै जानुपर्ने पार्टी केन्द्रको उर्दी, त्यसमाथि निर्वाचन दैलोनेरै आउँदा पनि हलेसी तुवाचुङ नगरपालिकामा कस्लाई मेयरको उम्मेदवार बनाउने टुंगो लागेको थिएन । महिला मेयरको हल्ला चलेपनि पूर्ण परिकल्पना गरिएको थिएन । उपमेयर भइसकेकोलाई मेयर बनाउने कि नयाँलाई चान्स दिने ? भन्ने विषयमा पनि केही छलफलै भएको थिएन । विमलाका अनुसार एउटा चट्टानी अडान थियो– हलेसी तुवाचुङ नगरपालिकामा जे गरे पनि कांग्रेस एक्लै लड्छ, गठबन्धन गर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)