पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार
nepalnews.com · Sun Sep 20 09:24:43 GMT 2026

इस्लामाबाद। पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा पाँच जना लडाकु मारिएका छन् भने २३ जना अपहरित नागरिकको उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ।
सेनाको सञ्चार तथा जनसम्पर्क शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार शुक्रबार राति कलात नजिकै पाकिस्तान हाइवे (एन–२५) मा लडाकुहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने, रकम उठाउने तथा सवारीसाधन कब्जा गर्ने उद्देश्यले अवैध चेकपोस्ट स्थापना गर्न खोजेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)