दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी
khabarhub.com · Sun Sep 20 09:23:47 GMT 2026

दोलखा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४ वडामा जारी वडा अधिवेशनमध्ये आइतबार दिउँसो ३ बजेसम्म ६० वटा वडाको अधिवेशन सम्पन्न भएको छ ।
बाँकी १४ वडाको अधिवेशन तथा नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस दोलखाले जनाएको छ । अधिवेशन सम्पन्न भएका वडामध्ये भिमेश्वर नगरपालिकाका ९ वटै वडा, जिरी नगरपालिकाका ९ वटै वडा, वैतेश्वर गाउँपालिकाका ८ वटै वडा, मेलुङ गाउँपालिकाका ७ वटै वडा, तामाकोशी गाउँपालिकाका ७ वटा वडा र कालिञ्चोक गाउँपालिकाका ९ वटै वडा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)