देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : सीके राउत
ekantipur.com · Thu Jan 23 17:05:22 GMT 2025
काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताउँदै उनले मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताए । दुई वटा विपरीत धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताउँदै उनले भने, ‘मधेसवादी दलहरु एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दलहरु आपसमा मिलेर सरकार बनाएका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)