चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
deshsanchar.com · Thu Jan 23 17:15:06 GMT 2025

भैरहवा (रुपन्देही)– जथाभावी चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ। छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो।
नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ। अभियान अन्तरगत हालसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव ((भोला) ले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)