‘युद्ध लडेँ, क्यान्सर जितेँ’ पुस्तक पाठकमाझ
nepalnews.com · Sun Sep 20 09:36:53 GMT 2026

घोराही। दाङमा जन्मे-हुर्केकी लेखक लीला शर्मा ‘अस्मिता’को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ शनिबार घोराहीमा लोकार्पण गरिएको छ।जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि यही शरद् याममा चिठी पुर्याइदिने बहानामा आफूलाई माओवादीमा पुर्याइएको स्मरण गर्दै शर्माले पुस्तक लोकार्पनका लागि पनि उही ठाउँ घोराही रोजेको बताइन्।
‘‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु। यी दौरानमा दुईवटा लडाइँ लडियो। एउटा युद्ध र अर्को क्यान्सर। जे देखेँ–भोगेँ, त्यही लेखेकी छु,’’ शर्माले भनिन्, ‘‘युद्धकालभरि म धेरै डायरी लेख्थेँ। अझै धेरै डायरी जोगाएर राखेकी छु। आफ्नो कथा आफैँ लेख्नुपर्छ भन्ने लागेर पुस्तक लेखेकी हुँ।’’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)