मधेसमा आत्महत्याका घटना बढ्दै
nepalnews.com · Sun Sep 20 09:35:18 GMT 2026

जनकपुरधाम। पछिल्लो समय मधेस प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा मधेसका विभिन्न जिल्लामा गरी २५० जनाले आत्महत्या गरेका छन्।
अधिकांशले झुण्डिएर र विष सेवनलाई आत्महत्याको माध्यम बनाउँदै आएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चालु आव २०८३/८४ को साउनमा ८८ र भदौमा १६२ गरी दुई महिनाको अवधिमा २५० जनाले आत्महत्या गरेका मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)