मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा उपाध्याय

barnanmedia.com · Sat Mar 22 21:38:47 GMT 2025

प्रगतिशील लेखक सङ्घ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई चयन गरिएको छ ।

त्यसैगरी सङ्घको गोरखाका अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङका अध्यक्ष वासुदेव थापा, तनहुँका अध्यक्ष विनोदकुमार विक, स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, कास्कीका अध्यक्ष छवि सुवेदी विजयी, नवलपुरका अध्यक्ष काशीराम गैरे, पर्वतका अध्यक्ष आनन्द रिमाल, बागलुङका अध्यक्ष विजय राना तथा म्याग्दीका अध्यक्ष लीला गाउँले पदेन सदस्य रहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)