भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
arthasansar.com · Sun Sep 20 09:50:17 GMT 2026

टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त स्टोर पुनर्निर्माण सम्पन्न भएपछि नियमित सेवा शुरु गर्न लागिएको हो । भाटभटेनीले आगजनीबाट ध्वस्त भएका आफ्ना १२ स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ । बाँकी दमक र हेटौंडाका स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ ।
गत वर्ष भदौ २४ को घटनापछि ठूलो क्षति बेहोरे पनि कर्मचारीको रोजगारीमा असर पर्न नदिएको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताएका छन् । उनका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग गरिएको छैन । पुनः सञ्चालनमा आएका स्टोरमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको र दसैंमा पाउने बोनससमेत कटौती नगरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)