मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उद्घाटन खेलमा केकेआरविरुद्ध आरसीबीकाे प्रभावशाली जीत

kalakarmi.com · Sat Mar 22 21:42:36 GMT 2025

कोलकाता- रोयल च्यालेन्जर्स बैंग्लोरले शनिवार राति प्रभावशाली जीतसँगै आईपीएल २०२५ को सुरुवात गरेको छ । डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सविरुद्ध आरसीबीले ७ विकेटको जीत हात पारेको हो । यो जीतसँगै आरसीबीले १७ वर्षअघि पाएको हारको बदला पनि लिएको छ ।

आईपीएलको पहिलो सीजनको पहिलो खेल पनि यी दुई टोलीबीच भएको थियो । त्यतिबेला केकेआरले जीत हात पारेको थियो । अब १८औं सीजनमा गएर पहिलो खेलमा यी दुई टोली फेरि भिडे । पहिला ब्याटिङ गर्दै केकेआरले १७४ रन बनाएको थियो । आरसीबीले ३ विकेट गुमाउँदै १७औं ओभरमै खेल आफ्नो पक्षमा पार्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)