मधेश सरकारको हिन्दी प्रेम, थारू भाषालाई बाइपास
barnanmedia.com · Thu Jan 23 21:59:21 GMT 2025

कुनै बेला एक मधेश, एक प्रदेशको आन्दोलन चल्यो। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको चुनावपछि माओवादी पहिलो दल बन्यो, अनि नयाँ संविधान बनाउने प्रक्रिया सुरु भएपछि संघीयताको बहस चलेको थियो। त्यही बेला पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराईलाई एक प्रदेश बनाउनुपर्ने मागका कारण महिनौं नेपाल बन्द भएको थियो। त्यतिखेर एक मधेश, एक प्रदेशलाई हालको मधेश केन्द्रित दलले मात्र साथ दिएका थिएनन्, अन्य क्षेत्रीय दलको पनि एजेण्डा थियो। पछि आन्दोलन बढ्दै जाँदा पश्चिममा चितवनबाट कञ्चनपुरसम्म थरुहट, थारुवान प्रदेशको माग पनि उठ्यो।
यद्यपि, मधेश अहिले आठ जिल्लाको रहेपनि मधेश प्रदेश बन्नुमा मधेश केन्द्रित दलको मात्र योगदान छैन, थारुसहित अन्य समुदायको पनि उत्तिकै भूमिका छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)