मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारमा खोटाङका ७९ उजुरी, १९ वटा फछ्र्यौट

rajdhanidaily.com · Wed Jan 17 23:24:34 GMT 2024

खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०÷८१ को मंसिर मसान्तसम्ममा खोटाङका ७९ उजुरी दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासले बुधबार दिक्तेलमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया’ कार्यक्रममा खोटाङबाट ७९ वटा उजुरी परेको जानकारी दिइएको हो । दर्ता भएका उजुरीमध्ये १९ वटा उजुरी फछ्र्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासका प्रहरी नायब उपरिक्षक रविनबाबु रेग्मीले जानकारी दिए । परेका उजुरीमध्ये ६० वटा उजुरी फछ्र्यौट गर्न बाँकी रहेको छ । खोटाङका १० स्थानीय तहसम्बन्धी ७५ वटा उजुरी परेकामा १७ वटा फछ्र्यौट भएको र ५८ वटा उजुरी बाँकी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाबाट २३ वटा उजुरी दर्ता भएकोमा १ वटा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट २२ वटा उजुरी परेकोमा ८ वटा फस्र्यौट भएको आयोगले जनाएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकाबाट ९ वटा उजुरी दर्ता भएकोमा ४ वटा फछ्र्यौट भएको, खोटेहाङ गाउँपालिकामा दई उजुरी दर्ता भएकोमा एक फछ्र्यौट भएको, केपिलासगढी गाउँपालिकामा तीन उजुरी दर्ता भएकोमा दुई फछ्र्यौट भएको र बराहपोखरी गाउँपालिकामा दुई उजुरी दर्ता भएकोमा एक फछ्र्यौट भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)