मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रसूति सेवा सञ्चालनमा

barnanmedia.com · Sat Mar 22 21:58:23 GMT 2025

जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो ।

जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको हो । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)