मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

nepaltvonline.com · Thu Jan 23 23:30:30 GMT 2025

कञ्चनपुर- जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।

गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)