सेयर धितो राखेर लगानीकर्ताले लिए १ खर्ब ६६ अर्ब लोन, कुन रेन्जको कति ?
arthasansar.com · Sun Sep 20 10:08:42 GMT 2026

सेयर धितो राखेर लगानीकर्ताहरुले बैंकहरुबाट १ खर्ब बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनसम्म बैंकहरुबाट १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट सेयर धितो कर्जा १५.१५ प्रतिशतले बढेको छ।