लिखित प्रक्रिया र प्रमाण नपुग्दा सरकारी निकायले मुद्दा हार्छन: मुख्यमन्त्री लामा
rajdhanidaily.com · Thu Jan 23 23:39:19 GMT 2025

सिन्धुली । वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले लिखित जवाफको प्रक्रिया र प्रमाण नपुग्दा सरकारी कार्यालयहरुले मुद्दा हार्नु परेको बताएका छन् । हिजो विहीबार सिन्धुलीमाढीमा मुख्य न्यायाधिवक्ताको कार्यालय बागमतीले आयोजना गरेको रिट निवेदन र लिखित जवाफ लेखन सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले लिखित जवाफमा भाषा र प्रमाण नपुगेका कारण न्यायाधिसले न्याय दिन नसक्दा सरकारवादी मुद्दामा हार व्यहोर्नु परेको बताए ।
लामाले लिखतलाई प्रभावकारी बनाउन दैनिक रुपमा कानुन कार्यान्वयन गर्ने कर्मचारीलाई तालिमको आवश्यकता रहेको बताए । सरकारी कार्यालय विरुद्ध धेरै नै रिट पर्ने गरेको र लिखित जवाफ प्रभावकारी नहुँदा मुद्दाहरु पेन्डिङमा बसिरहेको बताउँदै लामाले सरकारी मुद्दाहरु छिटो सल्टाउन आवश्यक रहेको समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)