नेपाल प्रहरीको कार्यसम्पादनमा सुदूरपश्चिम पहिलो, बागमती पुछारमा
nepalpress.com · Sun Sep 20 10:11:54 GMT 2026

धनगढी । नेपाल प्रहरीको प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पहिलो भएको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्यसम्पादन रिपोर्ट कार्डअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ३८६ पूर्णाङ्कमा ३३९.९८ अंक प्राप्त गर्दै ८८.०८ प्रतिशतसहित पहिलो स्थान हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)