सहकारी ठगीमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : प्रदीप ज्ञवाली
ratopati.com · Sun Sep 20 10:24:49 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने बताए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाए । ठगीमा संलग्नलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उनको भनाइ छ । उनले एमालेले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)