बाढीपीडितलाई पाँच लाख सहयोग
gorkhapatraonline.com · Sun Sep 20 10:28:43 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाली कांग्रेस, गुल्मीले पाँच लाख रुपियाँभन्दा बढी सहयोग गरेको छ । नेपाली कांग्रेस, केन्द्रीय कार्यालयमार्फत बाढी प्रभावितका लागि पाँच लाख ३० हजार रुपियाँ सहयोग उपलब्ध गराइएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
सभापति पन्थीका अनुसार सो रकम नेपाली कांग्रेस विपत् व्यवस्थापन कोषमा जम्मा गरिएको हो। कांग्रेस जिल्ला कार्यसमितिको तर्फबाट दुई लाख ३५ हजार ७६० रुपियाँ, रेसुङ्गा नगर कार्यसमितिको तर्फबाट एक लाख २० हजार रुपियाँ र नेपाल भूतपूर्व सैनिक सङ्घ गुल्मीको तर्फबाट एक लाख ७४ हजार २४० रुपियाँ उक्त बैंक खातामा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)