मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिरबाट लडेर बाल विकास सहजकर्ताको मृत्यु

kendrabindu.com · Sun Sep 20 10:34:47 GMT 2026

दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दुहुँ गाउँपालिका–२ हेकातीका ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरीक्षक केशव शर्माले बताएका छन् ।

आइतबार विहान करिव १० बजेतिर घरभन्दा २ किलोमिटर दूरीमा रहेको खर फागालामा खर काट्नेक्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको उनले बताए । मृतक जोशी दुहुँस्थित गौरीलमाडौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)