छठ पर्वको भोलिपल्टदेखि अमरेश सिंहले जनकपुरबाट मेची–महाकाली पदयात्रा गर्ने
barnanmedia.com · Sun Sep 20 10:29:31 GMT 2026

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आगामी छठ पर्वको भोलिपल्टदेखि ऐतिहासिक जनकपुरधामबाट ‘मेची–महाकाली पदयात्रा’ सुरु गर्ने घोषणा गरेका छन्। आइतबार बिहान जनकपुरधाममा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले समाज जोड्न, मधेशलाई नजिकबाट बुझ्न र समग्र देशको एकता तथा समृद्धिका लागि पदयात्रा गर्न लागेको जानकारी दिए।
सांसद सिंहले छठ पर्वको पारनको दिन माता सीताको जन्मभूमि जनकपुरस्थित गङ्गासागरमा अर्घ्य दिएर पदयात्रा शुभारम्भ गर्ने बताए। ‘मेरो पदयात्राको मुख्य थिम नै समाज जोड्नु हो। राजनीति समाज जोड्न र देशको समृद्धिका लागि हुनुपर्छ, अबको बाटो एकताको हुनुपर्छ,’ उनले भने। उनले मधेशको रूपान्तरणका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ गरी ६ वटा ‘स’ को विकास अपरिहार्य रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)