जेनजी प्रदर्शनका क्रममा भागेका लिम्बु दमकबाट पक्राउ
baahrakhari.com · Sun Sep 20 10:32:39 GMT 2026

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ का राजकुमार लिम्बु छन् ।
उनलाई इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरि बस्नेत नेतृत्वको टोलीले आइतबार दमकबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)