एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने
baahrakhari.com · Sun Sep 20 10:32:58 GMT 2026

काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ । यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु हो ।
नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबीच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर गरे । यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवारका सदस्य, साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)