बाढीमा बेपत्ता भएका ६ जनाको परिवारलाई वीरगन्ज महानगरपालिकाले सहयोग गर्ने
annapurnapost.com · Sun Sep 20 10:42:50 GMT 2026

वीरगन्ज : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई वीरगन्ज महानगरपालिकाले सहयोग उपलब्ध गराउने भएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी जगरनाथपुरको एउटै टोलका ६ जना सम्पर्कविहीन भएका थिए। बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ। टिमुरेबाट पाँच जना र बेत्रावतीबाट एक जना गरी एउटै टोलका ६ जना बेपत्ता भएका हुन्। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव जगरनाथपुरमै पुगेर बेपत्ता भएका व्यक्तिहरुका परिवारसँग भेट गरेका छन्। उनीहरूले परिवारका सदस्यसँग भेट गरी बेपत्ताको अवस्था, खोजीका क्रममा भएका प्रयास तथा परिवारले भोगिरहेको समस्याबारे जानकारी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)