हिमालयन फुटसल गोल्डकप बिहीबारदेखि, उपाधि विजेताले ३ लाख रुपैयाँ पाउने
ratopati.com · Sun Sep 20 10:53:53 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको हिमालयन गोल्डकप फुटसल प्रतियोगिता आउँदो बिहीबार र शुक्रबार दुई दिन आयोजना हुने भएको छ । आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो ।
हिमालयन फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, फेयर प्लेय टोलीले २० हजार रुपैयाँ पाउनेछ । विधागततर्फ उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार तथा उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकले समान ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)