मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को बन्ला देउवाको उत्तराधिकारी ?

ekantipur.com · Thu Aug 10 00:58:03 GMT 2023

काठमाडौँ — ८० वर्षीय शेरबहादुर देउवाको नेतृत्व असान्दर्भिक भएको भन्दै महामन्त्री गगन थापाले विकल्प खोजेसँगै संसद्को ठूलो दल कांग्रेसमा उत्तराधिकारीको बहस सुरु भएको छ । २० महिनाअघि सम्पन्न १४ औं महाधिवेशनमा देउवासँगै प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले नेतृत्व परिवर्तनको विषयमा मौनता साधिरहेका बेला महामन्त्री थापाले एक कदम अघि बढेर ‘एक्ला चलो रे’ भावमा संसदीय दलको नेता परिवर्तनलाई ‘मिसन’ बनाएका छन् ।

थापालाई कोइरालाले कति साथ दिन्छन् वा दिँदैनन् प्रस्ट छैन तर ०४८ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको ‘क्याबिनेट’ मा गृहमन्त्री भएदेखि कुनै न कुनै भूमिकामा नेपाली राजनीतिको केन्द्रमा रहेका देउवाको विकल्प खोज्न पार्टीका बहुसंख्यक नेता–कार्यकर्ता तयार छैनन् । उनीहरूले देउवाको विकल्प खोज्नेभन्दा उत्तराधिकारी खोज्ने बहसतिर पार्टीको आन्तरिक शक्ति संघर्षलाई मोड्न चाहेका छन् र त्यसको केन्द्रमा छन्– शेखर कोइराला ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)