सरकारी कार्यालयको बेरुजु ११ अर्ब नजिक, एक वर्षमै थपियो १ अर्ब ८७ करोड
ratopati.com · Sun Sep 20 11:00:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारको बेरुजु एकै वर्षमा १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ थपिएको छ । महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार प्रदेश सरकारको समग्र बेरुजु १० अर्ब ९८ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको हो ।
महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेश सरकारका मन्त्रालय, कार्यालय, समिति तथा अन्य संस्थाको ४९ अर्ब ६९ करोड ३९ लाख ४३ हजार रुपैयाँको कारोबार लेखापरीक्षण गर्दा १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखाएको छ । यो कुल लेखापरीक्षण अङ्कको ३.७७ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)