भारतीय नागरिकसँग मिलेर ट्रामाडोल कारोबार गरेको आरोपमा फरार युवती पक्राउ
barnanmedia.com · Sun Sep 20 11:14:48 GMT 2026

भारतीय नागरिकसँग मिलेर ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलको कारोबार गरेको मुद्दामा फरार रहेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ की २७ वर्षीया बेलीकुमारी घिसिङ रहेकी छन् । उनलाई बिहीबार ललितपुरको गोदावरीबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले नेपालबहसलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)