नयाँ जज प्यानलसहित ‘कमेडी च्याम्पियन’ सिजन ४ सुरू
kendrabindu.com · Sun Sep 20 11:26:22 GMT 2026

काठमाडाैं । ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण सुरु भएको छ । शो शनिबार अर्थात् असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो ।
शोको ग्रान्ड प्रिमियर स्वरुप पहिलो एपिसोड सार्वजनिक भइसकेको छ । शोको पहिलो एपिसोड हिमालय टेलिभिजनबाट राति ९ बजे तथा ओएसआर रियालिटीको युट्युब च्यानलबाट प्रसारण भएको थियो । पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी पाहुनाका रूपमा सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)