मदिरा सेवनपछि होटलमा विवाद, चक्कु प्रहार गरी हत्या
nepalnews.com · Sun Sep 20 11:34:14 GMT 2026

बारा। बारामा होटलमा एक व्यक्तिको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा थप पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–१ घर भई बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ, जितपुर सिमरा उपमहानगरपालिका–२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, सोही ठाउँका २३ वर्षीय पाख्रिन तामाङ, जितपुर सिमरा उपमहानगरपालिका–१६ की ४३ वर्षीया शान्ति राई र ४० वर्षीया सीता थापामगर रहेका छन्।