संविधानमाथि आन्तरिक र बाह्य शक्तिहरूबाट प्रहार भइरहेको छ -डा. अमरेश सिंह
kendrabindu.com · Sun Sep 20 11:43:09 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिएका छन् । सांसद सिंहले कुनै कारणवश वर्तमान संविधान गुमेमा देश गृहयुद्धको चक्रब्यूहमा फस्ने र मधेशले जनयुद्ध तथा मधेश आन्दोलनको जगमा प्राप्त गरेका अधिकार तथा उपलब्धिहरू समेत समाप्त हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)