एरिका पदकविहीन
gorkhapatraonline.com · Sun Sep 20 11:40:38 GMT 2026
एसियाको सर्वोच्च खेल मेलामा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाडीको रुपमा लिइनुभएकी एरिका गुरुङ २० औँ एसियाली खेलकुदमा पदकविहीन हुनुभएको छ ।
पछिल्लो समय उहाँ थुप्रै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली हात फर्किएको अवस्था छैन । त्यसैले उहाँलाई यसपटक एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउने खेलाडीको रुपमा लिइएको थियो । तर नागोयास्थित तोयोहासी जिम्नेजियममा भएको कराँते खेलको ६८ केजी माथिको सेमिफाइनलमा काजखस्तानकी सोफिया बेरुल्सेभासँग २–१ ले पराजित भएपछि एरिकाको स्वर्ण पदकको सम्भावना समाप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)