नोभाक जोकोभिच अस्ट्रेलियन ओपन २०२५ को सेमिफाइनलबाट बाहिरिए
neplays.com · Fri Jan 24 16:52:22 GMT 2025
२४ पटकका ग्राण्ड स्ल्याम विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपन २०२५ को सेमिफाइनल खेल बीचमै छोडेर बाहिरिएका छन्। शुक्रबार सर्बियाली खेलाडीले मांसपेशीको चोटका कारण खेल जारी राख्न नसक्ने भन्दै सेमिफाइनलबाट हट्ने निर्णय गरेका हुन्। जोकोभिचको यो निर्णयपछि उनका प्रतिस्पर्धी विश्व नम्बर-२ अलेक्जेन्डर ज्वेरेभले वाकओभर पाउँदै पहिलोपटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्।
दोस्रो सेमिफाइनल खेल विश्व नम्बर-१ जानिक सिनर र अमेरिका का बेन शेल्टनबीच हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)